logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

    सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

    2.2K
    Shares
    सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

    काठमाडौं । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्यले बिहीबार उक्त रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ ।

    बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

    त्यस्तै बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend