logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती

    विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती

    3.3K
    Shares
    विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन : रक्षामन्त्री उप्रेती

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताएका छन् । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पु¥याउनुपर्छ भने ।

    रक्षामन्त्री उप्रेतीले भने, “काठमाडौँ तराई–मधेश द्रुतमार्ग मुलुक र जनताको आर्थिक समृद्धिका लागि सुनौलो आयोजना हो, यस्ता आयोजनालाई अघि बढाउने सन्दर्भमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न आवश्यक छ ।”

    मुलुक आत्मनिर्भर हुन नसक्दा अनेकौँ समस्या झेल्नु परेको अवस्थालाई बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने,“सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छ भन्ने आमजनताको बुझाइले निरन्तता पाओस, विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend