logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • घरमा सुत्केरी हुनेको संख्या शून्यमा झर्‍यो

    घरमा सुत्केरी हुनेको संख्या शून्यमा झर्‍यो

    4.7K
    Shares
    घरमा सुत्केरी हुनेको संख्या शून्यमा झर्‍यो

    कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिकाको प्रभावकारी स्वास्थ्य सेवाका कारणले घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको नगरपालिकाका स्वास्थ्य संयोजक हंसराज बरालले जानकारी दिए ।

    गर्भवतीले नियमित गर्भ परीक्षण गराउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेकाले घरमा सुत्केरी गराउनेको संख्या शून्यमा झरेको उनको भनाइ छ ।

    नगरपालिकामा नौवटै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी हुन स्वास्थ्य चौकी आउने गरेका प्रमुख बरालले बताए । ‘नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरीआधारभूत स्वास्थ्य एकाइमार्फत सेवा दिँदै आएको छ,’ उनले भने ।

    रास्कोट नगरपालिका–१ का स्थानीय माया सञ्ज्यालले भनिन्, ‘पहिला घरमा मात्रै सुत्केरी गराउने चलन रहेको थियो, नजिकै अस्पताल थिएनन्, तर अहिले स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा सुरक्षित हुन्छ ।’ अहिले स्थानीयस्तरमा नै विशेषज्ञसहितको सेवा प्राप्त भएपछि उपचार सहज भएको स्थानीयको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend