logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बसको ठक्करबाट महिलाको मृत्यु प्रकरण : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

    बसको ठक्करबाट महिलाको मृत्यु प्रकरण : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

    2.5K
    Shares
    बसको ठक्करबाट महिलाको मृत्यु प्रकरण : प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

    सुर्खेत । दुर्घटनामा एक महिलाको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।

    झडप नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्‍याएको छ ।

    आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ ।

    आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend