logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

    १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

    2.7K
    Shares
    १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी १० अर्ब रुपैयाँ नयाँ बिक्री गर्न लागेको हो ।

    इच्छुक खरिदकर्ताले तोकिएको समयसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल भने मंगलबार दिउँसो २ बजे हुने बैंकले जनाएको छ ।

    यसअघि राष्ट्र बैंकले गत माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend