logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ

    विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ

    2.5K
    Shares
    विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ

    काठमाडौँ । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।

    धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य पीठ वेदवेदाङ्ग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो । महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो ।

    विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध महसुस गरी उनीहरुमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् र दिवङ्गत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend