logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

    जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

    2.1K
    Shares
    जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

    मोरङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताइन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

    उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसकेकामा दुःख व्यक्त गरिन् । उनले भनिन्, “अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend