logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारी कामकाजमा मातृभाषा प्रयोग गरिनुपर्ने माग

    सरकारी कामकाजमा मातृभाषा प्रयोग गरिनुपर्ने माग

    2.4K
    Shares
    सरकारी कामकाजमा मातृभाषा प्रयोग गरिनुपर्ने माग

    काठमाडौं । विभिन्न मातृभाषालाई सरकारी काम काजमा ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आज भाषा आयोगले गरेको कार्यक्रमका वक्ताले स्थानीय सरकारले वडा तहसम्म फरक फरक मातृभाषाको प्रयोग गर्न सक्नेमा जोड दिइएको हो ।

    कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष उषा हमालले मातृभाषाको संरक्षण कसरी गर्ने भन्नेमा काम भइरहेको बताईन्। सो अवसरमा आयोगका सदस्य अमृत योञ्जनले मातृभाषाको औचित्यका बारेमा प्रकाश पारेका थिए । आयोगका सचिव जयराम अधिकारीले आयोगले गरिरहेको कामका बारेमा प्रस्तुति गरेका थिए ।
    आयोगका पूर्वअध्यक्ष डा लवदेव अवस्थी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मालगायतले मातृभाषाको संरक्षणमा सरोकार भएका निकायका बीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए।

    संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

    विश्वमा १५ दिनमा दुई वटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आइएको छ । यस अवसरमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषाको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।

    कार्यक्रममा नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो । ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो । दिवसको यस वर्षको नारा ‘शिक्षामा रूपान्तरणका लागि बहुभाषिक शिक्षाको आवश्यकता’ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend