logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले मनाइयो ८५औँ अम्बर जयन्ती

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले मनाइयो ८५औँ अम्बर जयन्ती

    2.2K
    Shares
    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले मनाइयो ८५औँ अम्बर जयन्ती

    काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहेका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५ औँ जन्मजयन्ती मनाईएको छ ।

    संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरेका थिए । कुलपति राईले गीत, सङ्गीत र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक सङ्गीतका एक महारथी भएको बताए ।

    समकालीन नेपाली सङ्गीतमा स्थापित प्रायःसङ्गीतकर्मी गुरुङबाटै दीक्षित रहेका र आफूले पनि गीतकारको हैसियतमा पचासको दशकदेखि गुरुङको सान्निध्यता पाएको स्मरण गरे । कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानलेसमेत उनको जन्मजयन्ती भव्यरुपमा मनाउने योजना रहेको बताए ।
    सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति पोखरेलले अहिलेका नयाँपुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताए। विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्तीको परम्परालाई प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।

    उपकुलपति राईले गुरुङ पूर्वीय र पाश्चात्य सङ्गीतको एक सिद्धहस्त साधक भएको बताउँदै उनले नै नेपाली सङ्गीतमा पहिलो पटक पाश्चात्य सङ्गीतको ‘क्वायर’को प्रयोग गरेको जानकारी गराए ।

    परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख किराँतले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियस्तरमा स्थापति गर्न सबल साङ्गीतिज्ञ गुरुङलाई आफूले रसिक स्रष्टाका रुपमा समेत पाएको स्मरण गरे । कार्यक्रममा गुरुङका दुई सिर्जनासमेत प्रस्तुत गरिएको थियो ।

    प्राज्ञसभा सदस्य राधा राईले गुरुङका रचना तथा सङ्गीत र शान्ति ठटालले गाएका ‘सम्हालेर राख।।।’ र प्राज्ञसभा सदस्य कला राईले हरिभक्त कटुवालको रचना, नारायण गोपालको स्वर र गुरुङको सङ्गित रहेको ‘पोखिएर घामको झुल्का।।।’ गीत प्रस्तुत गरेकी थिईन् ।

    विसं १९९४ फागुन १४ गते दार्जिलिङमा गुरुङको जन्म भएको थियो । विसं २०६७ देखि २०७१ सम्म सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति रहेका गुरुङको निधन २०७३ सालमा भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend