logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीको प्रदर्शन

    पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीको प्रदर्शन

    1.7K
    Shares
    पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीको प्रदर्शन

    काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।

    लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि बिरोध गरेका छन् ।

    दरबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले भने महानगरले जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारमा ६० प्रतिशतले गिरावट आएकाले बिरोध गर्न बाध्य हुनुपरेको बताए ।

    उनले दरबारमार्गका व्यवसायीहरुले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिएपनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धरासाही बनेको गुनासो गरे । दबारमार्गको एकतर्फि पार्किङ कायम गर्नुपर्ने बताउँदै उनले महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन जारी रहने बताए ।

    व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको बताउँदै उनले महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए । महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend