logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने माओवादीको निर्णय

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने माओवादीको निर्णय

    2.6K
    Shares
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने माओवादीको निर्णय

    धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री शाहले आज दिउँसो १ बजेको संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

    शनिबार बसेको माओवादी संसदीय दलको बैठकले आलोपालो सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा ठोस सहमति नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई अहिलेको आठ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

    त्यसपछि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको माओवादी केन्द्र स्रोतले जनाकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend