logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

    एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

    3K
    Shares
    एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ ।

    दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् ।

    त्यसपछि आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

    शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो । सरोज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend