logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • ‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

    ‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

    1.9K
    Shares
    ‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् ।

    मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा बोल्दै उनले सङ्घीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

    अहिले जनप्रतिनिधिको गतिविधिका कारण सङ्घीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो ।मुख्यमन्त्री शाहले भने, ‘हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईंहरूसँगै थिए, आज पनि तपाईंहरूको साथमा छु । भोलि पनि तपाईंसँगै रहनेछु ।’

    बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्तरूपमा अगाडि बढ्ने बताए ।

    सङ्घीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले सङ्घीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठूलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend