logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • बेलायतबाट व्यवसायी गुरुङद्धारा विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

    बेलायतबाट व्यवसायी गुरुङद्धारा विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

    2K
    Shares
    बेलायतबाट व्यवसायी गुरुङद्धारा विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

    काठमाडौं । अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गरेका छन् ।

    बेलायतमा व्यवसाय गर्दै आएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गरेका हुन् । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।

    बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य हो भने ।

    व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैको चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताए ।

    नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहेका गुरुङले रु छ करोडभन्दा बढी रकम सङ्कलन गरका थिए । यसैगरी उनले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गरेका थिए ।

    सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम रु एक करोड पुर्याउने लक्ष्य रहेको जानकारी दिए । त्यस कार्यक्रममा रोशमरो शहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्व उपस्थिति रहेको थियो । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend