logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान

    2.8K
    Shares
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धका चार जहाजको रात्रीकालीन उडान

    काठमाडौं । बुद्ध एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकका विभिन्न चार गन्तव्यबाट बिहीबार(हिजो)देखि रात्रिकालीन उडान सुरू गरेको छ। बुद्धले बिहीबार काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट पोखरामा रात्रीकालिन उडान भरेको हो। यी चारै गन्तव्यका जहाजहरुले पोखरामै रात्री विसान गरेका छन्।

    कम्पनीले रात्रीकालिन उडानको लागि समयतालिका बनाएको छ। जसअनुसार काठमाडौं–पोखरा १९:३५, पोखरा–काठमाडौं १७:३०, भद्रपुर–पोखरा१८:५५, नेपालगञ्ज–पोखरा१९:३० र भैरहवा–पोखरा १९:२५ बजे उडान हुनेछ।

    यसअघि आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो। अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ। यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ।

    बुद्धले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend