logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • रियानलाई जन्मदिनमा प्रभुलाइफको जीवन बीमा उपहार

    रियानलाई जन्मदिनमा प्रभुलाइफको जीवन बीमा उपहार

    3.4K
    Shares
    रियानलाई जन्मदिनमा प्रभुलाइफको जीवन बीमा उपहार

    काठमाडौं । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ ।

    यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका छन् ।

    जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

    प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् MDRT सदस्य बबिब दुवालले जन्मोत्सवका बिच बीमा पोलिसि हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् । जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा दुवाल परिवारलाई वागमति प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend