logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    2.2K
    Shares
    वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् ।

    बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने बताए । उनले वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको बताए । उनले विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए ।

    उनले रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताउनु भयो । उहाँले सरकारले श्रमिकहरुको सुरक्षाको लागि पहिलो शुरुवात भएको टिप्णी गरे ।

    उनले भने,‘ वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्छ । वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको छन् । रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरुका लागि सरकारले यस्ता योजनाहरु आगामी दिनमा पनि ल्याउनुपर्छ । यसैगरी, वैदेशिक रोजगारमा रहेका रोजगारदाताहरुलाई ती देशहरूले सामाजिक सुरक्षा कोषको सुविधा नदिएको अवस्थामा सरकारले यो ठूलो कामको शुरुवात गरेको छ । रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको छ,’ उनले भने, ‘सरकारले श्रमिकहरुको सुरक्षाको लागि काम गर्ने शुरुवात गरेको छ ।’

    उनले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुको न्युनतम सुरक्षाको प्रत्याभुति हुने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend