logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णाली प्रदेश मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा युवा अर्थशात्री डा पोखरेल

    कर्णाली प्रदेश मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा युवा अर्थशात्री डा पोखरेल

    4.5K
    Shares
    कर्णाली प्रदेश मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा युवा अर्थशात्री डा पोखरेल

    काठमाडौं-  विकासको दृष्टिबाट सधैँ ओझेलमा परिरहने संघीय नेपालको कर्णाली प्रदेश । ०७२ संविधान जारी भएयता सम्पन्न दोस्रो आम जननिर्वाचनमार्फत नेकपा माओवादी नेता राजकुमार शर्माको नेतृत्वमा प्रदेश सरकार गठन भएको छ ।
    मुख्यमन्त्री शर्माले भौगोलिक विकटता र राज्यको विकास प्राथमिकतामा नाम मात्रैले आउने यस प्रदेशको दीर्घकालीन विकासको खाका कोर्न अर्थतन्त्रको जानकारलाई आफ्नो अर्थ सहल्लाहकार बनाउने निश्चय लिए । मुख्यमन्त्री शर्माले अर्थ विशेषज्ञ राख्ने निधो गरेलगत्तै उनको वरिष्ठ आर्थिक सल्लाहकार बन्न पुगे युवा अर्थाशात्री डाक्टर शालिकराम पोखरेल ।

    कर्णाली प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा चैत ८ गते अर्थविद् डा. पोखरेल मुख्यमन्त्रीको सल्लाहकार पदमा पुगेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधी (पीएचडी)  उपाधी ग्रहण गरिसकेका मुख्यमन्त्रीका अर्थ सल्लाहकार पोखरेल राष्ट्रिय तथा  अन्तराष्ट्रियस्तरमा अर्थतन्त्र र वित्त व्यवस्थापनको विषयका एक जना जानकारका रुपमा चिरपरिचित छन् ।

    नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका पोखे्रल नेपालको अर्थतन्त्रका विविध सुक्ष्मातिसुक्ष्म आयाममा खोज तथा अनुसन्धानमा समेत संलग्न अर्थशास्त्रका छन् । अर्घाखाँची जन्मथलो र स्थायी बसोबास भएका पोखे्रलले यसपूर्व जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री रहँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको महत्वपूर्ण जिम्मेवारी बखुबीले निर्वाह गरिसकेका छन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको बरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. पोखरेललाई कर्णाली प्रदेशको आर्थिक नीति, निर्माण र कार्यान्वयनमा योगदान गर्ने गरी सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचित गरिसकेको छ ।

    पोखरेलले सार्कस्तरीय लघु वित्त संस्थाले प्रदान गर्ने तालिम लिनुका साथै बैंक अफ लण्डन, दी नेदरल्याण्ड बैंक, फ्रान्सको बर्गडी स्कूल अफ बिजनेस लगायतका दर्जनौं औपचारिक/अनौपचारिक तालिम, वित्तीय सभा–सम्मेलनमा सहभागिता जनाउनुका अतिरिक्त अमेरिका, बंगलादेश, क्यानडा, जर्मनीलगायतका देशमा बैंकिङ तालिम आदान–प्रदानको लामो अनुभव बटुलेका छन् ।

    अर्थ विद् डा. पोखरेल आफैँले अर्थशास्त्र विषयका विभिन्न पाटामा प्राज्ञिक अध्ययन तथा अनुसन्धान समेत गरेका छन् । विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्याति प्राप्त पत्रपत्रिका/जनरलहरुमा डा. पोखे्रलका अर्थतन्त्रको विकाससँग सम्बन्धित बहुआयामिक खोज तथा विश्लेषणपरक लेख तथा रचना संग्रहित भइसकेका छन् । यतिमात्र नभई उनले अर्थशास्त्रका विद्यार्थीहरुलाई उपयोगी हुने ‘बिजनेश इकोनोमी’ (शुक्ष्मअर्थशास्त्र) नामक पाठ्यपुस्तक तयार पारी प्रकाशितसमेत गरिसकेका छन् । सो पुस्तक अहिले विभिन्न विद्यालय/विश्वविद्यालयमा अर्थशास्त्र विषयमा अध्ययन–अध्यापन पाठ्य सामाग्रीको रुपमा प्रयोग गरिएको छ । यसका अलावा उनी विभिन्न अर्थ, वित्तीय संघ–संस्थाहरुसँग आबद्ध भएर तीनको उन्नयन र फराकिलो विकास एवं विस्तारका लागि सल्लाह, सुझाव दिनुका साथसाथै महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

    देशको पश्चिमी भू–भाग कर्णाली प्रदेश सरकारका अर्थ सहल्लाहकार पोखरेल कर्णालीमा आर्थिक विकासको प्रचुर सम्भावना रहेको बताउँछन् । ग्राणिम दूर दराज क्षेत्रसम्म स्पष्ट वैज्ञानिक आर्थिक नीतिसहित प्रदेश सरकारले कार्यान्वयन गर्न सकेको खण्डमा यस क्षेत्रकोे विकासमा धेरै समय पर्खिन नपर्ने विश्वास आफूले लिएको उनले बताए ।

    ‘शिक्षा, स्वास्थ्य र पर्यटन लगायत कृषि एवं उर्जामा प्रभावकारी लगानी गरेर आर्थिक सुशासनलाई छिट्टै बल पु¥याउँछन सकिन्छ,’ उनले भने, ‘स्थानीय जनसमुदाय र वित्तीय संघ संस्थाहरुसँगको साझेदारीमा रोजगारमूलक कार्यक्रम तय गर्न मैले सुझाव दिदैँ आईरहेको छु, हामी चाँडै एउटा विशिष्ट आर्थिक नीति नयाँ बजेटमा समेट्न खोज्दैछौं’

    अर्थविद् डा.पोखेरेलले समग्र विकासलाई दू्रतगतिमा अगाडि बढाउन पूर्वाधारको विकास नै यहाँको लागि पहिलो सर्त भएको आफूले महसुस गरेको बताए । तत्कालै प्रदेश सरकारको आफ्नो अन्तरिक आय स्रोत मजबुत नभइसकेको कारण प्रदेश एक्लैले मात्र समग्र प्रदेशको अहिले नै काँचुली फेरिहाल्ने अवस्था नरहेतापनि संघ, प्रदेश र स्थानीय तहबीचको प्रभावकारी सहकार्य र समन्वय सम्पूर्ण आर्थिक संकटको निवारण हुन सक्ने तर्क उनको छ ।

    कोरोना महामारीपछि विश्व अर्थतन्त्र नै लामो समयदेखि ओरालो लागेको र त्यसको प्रत्यक्ष मारमा अझ विशेषगरी तेस्रो मुलूकका जनताले आर्थिक सास्ती चरम रुपमा भोगिरहनु परेको विषम् आर्थिक संकटको गुञ्जयमान भएको अवस्थामा मुख्यमन्त्रीका अर्थ सहल्लाहकार अर्थ विद् पोखे्रलले आउँदा दिनमा कर्णाली प्रदेशको समग्र विकास र आर्थिक चुनौतीहरुलाइ छिचोल्नका लागि कस्ता अर्थ रणनीतिक योजना ल्याउन सुझाउँछन् भन्ने कुराले उनको सफलता र असफलताको कसीलाई निर्धारण गर्नेछ ।

    संघीय अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार भैसकेका र बैंक तथावित्तीय क्षेत्रको खाँदिलो अनुभव संगालेका युवा अर्थाशात्री डा पोखरेल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री विज्ञ सल्लाहकारको रुपमा आउँदा समग्र कर्णालीकै आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरीएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend