logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक : सरकारमा सहभागीताबारे छलफल

    नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक : सरकारमा सहभागीताबारे छलफल

    2K
    Shares
    नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक : सरकारमा सहभागीताबारे छलफल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।

    मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो । कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेश गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे टुंगोमा पुग्ने सकिने उनको भनाई थियो । प्रवक्ता खतिवडाले भने, ‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुंगो नलागिकन मन्त्रीहरुको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडो भन्दा चाँडो सचिवालयको बैठकमा पेश गर्न ३ सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौं । कार्यदलले चाँडो भन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामसहित उसले पेश गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेश गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौं ।’

    त्यसैगरी बैठकले मिटरब्याँज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरुलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताए । उनले भने, ‘आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय सचिवालयको ५५ औं बैठक सम्पन्न भएको छ । हाम्रा पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटीका सदस्य चुडामणि जंगलीले पार्टीमा विविध कारण देखाई राजीनामा पेश गर्नु भएको थियो । त्यो राजीनामा हाम्रो यो कमिटीले स्विकार गरेको छ । त्यसलाई स्विकृत गरेको छ । त्यसपश्चात हाम्रो पार्टीले यो मिटर ब्याजीहरु अहिले आन्दोलनमा छन । धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आई पुगेका छन । उनीहरु सडकमा छन । हामी, हाम्रो पार्टी उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछ । हामी उहाँहरुको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौं । हाम्रो पार्टीबाट ऐक्यवद्धता प्रकट गर्दै उहाँहरुको पक्षमा हाम्रो आफ्नो धारणा पनि हामी राख्नेछौं । र, मिटरब्याज लगाउनेहरुलाई, कानुनी रुपले दोषीहरुलाई कारबाही गर्नका लागि पनि हामीले माग गरेका छौं ।’

    बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend