logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

    लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

    2.6K
    Shares
    लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

    लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ । शान्ति भूमि लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

    लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने जनाइएको छ । प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको उनले बताए । यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई रु ७५ हजार, तृतीय स्थानलाई रु ५० हजार, चौथो स्थानका लागि रु ३० हजार र पाँचौँ स्थानका लागि रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिए । म्याराथन प्रतियोगिताका लागि यही चैत २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुने छ । एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने जनाइएको छ । भेलामा विभिन्न खेल विधाका प्रदर्शन र विभिन्न कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend