logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कृष्ण मन्दिर पुनः निर्माण तीव्र

    कृष्ण मन्दिर पुनः निर्माण तीव्र

    1.7K
    Shares
    कृष्ण मन्दिर पुनः निर्माण तीव्र

    सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो ।

    पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन १२ गते मन्दिरको शिलान्यास गरेका थिए । विसं २०६४ मा निर्माण गरिएको उक्त मन्दिर पुरानै ढाँचामा बन्ने भएको छ ।

    रू एक करोड ३० लाखमा मन्दिर पुनःनिर्माण हुने स्थानीय सुरेश कसजूले जानकारी दिए । मन्दिर असार मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण कम्पनीका शिल्पकार सुरज शिल्पकारले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend