logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न माग

    जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न माग

    3.4K
    Shares
    जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न माग

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले जीर्ण अवस्थामा रहेको वीरगंज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेदार गर्नुपर्ने स्पष्ट पारे ।

    सांसद यादवले भने, ‘पर्सा जिल्लाको वीरगंज कारागारको अवस्था अहिले जीर्ण बनेको छ । र, कारागार अहिले यातना गृह बनेको छ । कारगार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो ? वीरगंज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी रहेका छन । र, यसरी कोचाकोच गरेर कैदीबन्दी राख्नु अपराध हो कि होइन ? सभामुख महोदय । शौचालयको समस्या उस्तै खराव छ । ९० वर्ष पुरानो यो कारगार अहिले जीर्ण छ । र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरुको सुरक्षा पोष्ट एकदमै जीर्ण भएको छ । कुनै बेला पनि दुर्घटना हुन सक्छ । यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु–वीरगंज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस् ।’

    वीरगंज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोदार तत्काल नगरे गम्भिर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend