logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • संविधानको रक्षाका लागि गठबन्धनमा मत: नेता सिंह

    संविधानको रक्षाका लागि गठबन्धनमा मत: नेता सिंह

    2.2K
    Shares
    संविधानको रक्षाका लागि गठबन्धनमा मत: नेता सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विसं २०६२/६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

    उनले भने, ‘जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।’ अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उनले आग्रह गरे। यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उनले भने, ‘अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।’

    सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताए। गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend