logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

    सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

    1.5K
    Shares
    सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ गतेदेखि कारोबारमा आएको सुनको मूल्य ८ गतेसम्म आइपुग्दा जम्मा २०० ले बढेको हो ।

    नेपाली नयाँ वर्षका कारण साताको पहिलो दिन सुनको कारोबार भएको थिएन र उक्त दिन शुक्रबार थियो । २ गते शनिबार भएकाले यो साता ६ दिन मात्रै सुनको मूल्यसूची कायम गरिएको महासंघले जनाएको छ ।

    साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो । जुन, साताको अन्तिम दिनसम्ममा आइपुग्दा तोलामा १ लाख १० हजार २०० पुगेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ । यसैगरी, यो साता चाँदीको मूल्य समेत घटेको छ । आइतबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ प्रतितोला घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend