logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन: उपमहासचिव रिमाल

    एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन: उपमहासचिव रिमाल

    2K
    Shares
    एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन: उपमहासचिव रिमाल

    काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएकाछन्।

    पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आउनुभएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताए। अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो ।

    अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

    फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको उनले बताए। उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend