logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

    १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

    1.5K
    Shares
    १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

    बैतडी । बैतडीमा अपाङ्गता (बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

    ‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि हामीले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पीडित आफन्त नै भएकाले परिचय गोप्य राखेका छौँ,’इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले भने ।

    आरोपित वृद्धलाई मंगलबार पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चौधरीले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend