logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • उपराष्ट्रपति यादवद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

    उपराष्ट्रपति यादवद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

    1.9K
    Shares
    उपराष्ट्रपति यादवद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

    सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चाल्र्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए । उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गरेका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुर्‍याएको योगदानका लागि आभार प्रकट गरेका थिए। उनले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend