logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

    कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

    2.2K
    Shares
    कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।

    शुक्रवार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।

    पटक–पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।

    उनले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए ।

    उनले भने, ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ । पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजारको दरले जरिबाना गरेका छौँ । हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’

    प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend