logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • युवकको नदीमा डुबेर मृत्यु

    युवकको नदीमा डुबेर मृत्यु

    2.4K
    Shares
    युवकको नदीमा डुबेर मृत्यु

    बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् ।

    प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए ।

    उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend