logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मौद्रिक नीतिको समिक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो छैनः अध्यक्ष ढकाल

    मौद्रिक नीतिको समिक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो छैनः अध्यक्ष ढकाल

    1.8K
    Shares
    मौद्रिक नीतिको समिक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो छैनः अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

    शनिवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे । उनले चृुनौतिपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए । उनले राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि ५ करोडमा मात्रै सिमित भएको बताए ।

    उनले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोड सम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त नभएको बताए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरु सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए ।

    उनले भने,‘उद्योग वाणिज्य महासंघले वर्तमान अर्थतन्त्रको समस्याबाट कसरी बाहिर निकाल्ने भनेर धेरै सुझावहरु दिएको थियो । त्यो मध्ये केही कुराहरु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सम्बोधन भएको छ । तर पर्याप्त छैन । सम्बोधन भएका विषयले चृुनौतिपूर्ण अर्थतन्त्रको वर्तमान बाहिर निस्कने अवस्था छैन । रिफाइनान्स खारेज गरेको थियो । महासंघको सुझाव अनुसार अहिले राखेको छ । अघिल्लो पटक एकैपटक रिफाइन्स बैंकहरुलाई कल ब्याक गरिदिनु भयो । बैंकहरुले एकै पटक फिर्ता गर्दा बैंकको सिसिडिमा समस्या भएको थियो । मौद्रिक नीतिको समिक्षाले विगतको जस्तो एकै पटक कल ब्याक गर्ने रिफाइनान्सिङले अहिलेको समस्याको समाधान गर्दैन । त्यसरी दिँदा बैंकको क्षमताले भ्याउँदैन । त्यो समय बढाउनुपर्छ । असारसम्म बैंकको कर्जाको किस्ता तिर्न अवधि असारसम्म सार्न माग गरेका थियौं । त्यो मौद्रिक नीतिले गराएको छ तर ५ करोडसम्मको लागि गरेको छ । यो पनि प्राप्त छैन । महासंघले दिएको सुझाव अनुसारको आउन सकेन । मौद्रिक नीतिको समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन सक्दैन । बैंकको दर कम गर्ने काम गरेको छ । केही सुझावहरु सम्बोधन भएको छ महासंघले केही भएन भन्नु हुँदैन । अहिलेको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिहरु रहेका छन् । प्राप्त छैन । महासंघले दिइएका सुझावहरु मौद्रिक नीतिको समिक्षामा सम्बोधन गरेको छैन । त्यो सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्छ ।’

    उनले अर्थतन्त्रमा समस्या र चुनौतिहरु धेरै देखिएकाका भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गरे ।

    उनले महासंघले दिइएका सुझावहरु सबै मौद्रिक नीतिको समिक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend