logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा...

    घरेलु कोर्टको फाइदा उठाउँछौंः कप्तान अरुणा शाही

    घरेलु कोर्टको फाइदा उठाउँछौंः कप्तान अरुणा शाही

    1.5K
    Shares
    घरेलु कोर्टको फाइदा उठाउँछौंः कप्तान अरुणा शाही

    काठमाडौं । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

    जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ । नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् ।

    नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ गते देखि १४ गते सम्म काभा महिला भबिल च्यालेन्ज कप प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसहित नेपाललाई यसअघि दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका जगदीश भट्ट, भरत यादव र कोपिला उप्रेती सम्मिलित टिमले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

    सधैँजसो बुधवार नेपाली टोली अभ्यासमा तल्लिन रहँदा केही ब्लकर खेलाडीहरुमा सिजनल फ्लू देखिएको छ । नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको तयारी राम्रो भएको नेपाली टोली मुख्य प्रशिक्षक जान डे ब्रान्टले जानकारी दिए । मुख्य प्रशिक्षका ब्रान्टले विपक्षी टोलीको रणनीति अनुसार खेल्दै घरेलु कोर्टको भरपुर फाइदा उठाउने बताए । तीन महिने प्रशिक्षण कालमा टोलीका धेरै सुधार आएको र विदेशी खेलाडीसँग प्रतिष्पर्धा गर्नसक्ने टोली निमार्ण भएको प्रशिक्षक ब्रान्टले थपे ।

    घरेलु भूमिमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । अन्तिम टोलीको राम्रो भएको र लामो प्रशिक्षणबाट टोलीले राम्रो अनुभव लिएको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन् । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । जसमा घुँडाको चोटका कारण टोलीका भरपर्दा तथा नियमित स्पाइकर प्रतिभा मालीसँगै टोलीका सदस्य सेटर कृपा अधिकारी टोलीमा स्थान बनाउन सकेनन् । प्रतिभाको स्थान पूरा गर्ने री तयारी गरिरहेको कप्तान शाहीले थपिन् ।

    करिव एक साता चल्ने प्रतियोगिताका लागि दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गर्दा कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना बिष्ट र सलिना श्रेष्ठ टोलीका पुराना खेलाडी हुन् । प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।

    प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

    प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

    कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend