logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियोः अध्यक्ष लिङदेन

    आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियोः अध्यक्ष लिङदेन

    1.4K
    Shares
    आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियोः अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् ।

    बिहीवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् ।

    उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । उनले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताए ।

    उनले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताए । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य बिरुद्धको अपराध भएको बताए । उनले भ्रष्टाचारमा सग्लन कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु नहुने बताए ।

    उनले नक्कली भूटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने बताए । उनले अपराधमा संलगनहरुलाई राज्य बिरुद्धको अपराध, ठगि, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन आग्रह गरे । उनले प्रहरीले नक्कली भूटानजी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए ।

    उनले भने,‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलिय सहमति देखिएको छ । यो भन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ । भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन । विश्व जगतमा नेपालको बद्नाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ। यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य बिरुद्धको अपराध हो । त्यस कारण यो अपराधमा कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु हुँदैन । कसैले पनि छुट पाउँनु हुँदैन । यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्छ । यो राज्य बिरुद्धको अपराध हो । यो ठगि र संगठित अपराध हो । सरकारी दस्तखत कृत्य सम्बन्धिको अपराध पनि हो । सबै प्रकारका मुद्दाहरु चलाउनु पर्छ । प्रहरीले खुट्टा नहल्लाओस् । प्रहरीले अभियोग पत्र बुझाउने बेला भएको छ । छानविनमा आउनुपर्ने मानिसहरुको नाम नछुटोस् भन्नको लागि दबाबको लागि सभाको आयोजना गरिएको हो।’

    उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए । उनले राप्रपा कुनैपनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताए । उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend