logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

    2.3K
    Shares
    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतमा हुँदैछ।

    सन्दीपको मुद्दाको न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेशी तोकिएको छ।

    कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप विरुद्धको जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

    सन्दीपविरुद्ध गत भदौमा प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

    सन्दीपलाई तत्कालै नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको थियो। तर, उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि हिरासतमुक्त भएका सन्दीपमाथिको निलम्बन फुकुवा भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend