logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • धनगढीमा आफ्नै घरमा आगो लगाउने पुरुष पक्राउ

    धनगढीमा आफ्नै घरमा आगो लगाउने पुरुष पक्राउ

    1.7K
    Shares
    धनगढीमा आफ्नै घरमा आगो लगाउने पुरुष पक्राउ

    कैलाली । प्रहरीले कैलालीको धनगढीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ गरेको छ ।

    जाँडरक्सी खाएर घरमा आगो लगाएको आरोपमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई पक्राउ गरिएको हो ।

    उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका मालसामान जलेर झण्डै ७० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी र स्थानीयको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend