logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

    प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

    3.4K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा‍.बाबुराम भट्टराईविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता गरिएको छ ।

    तत्कालीन विद्रोही जनमुक्ति बालसेना लेनिन विष्टले आफूँ जस्तैँ अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट हटाएर युद्ध अपराध गरेको भनि प्रचण्ड र भट्टराईलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    यसअघि सर्वोच्च प्रशासनले विष्टको रिट संक्रमणकालीन न्याय अनुरुप निरुपण अनुसार हुने भन्दै रिट दरपीठ गरेको थियो। विष्टले दरपीठविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ताको आदेश जारी गरेको छ ।

    ३० जेठमा उक्त रिटमाथि सुनुवाइको तोकिएको सर्वोच्च प्रशासन स्रोतले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend