logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • इप्पानको विधान विपरित उम्मेदवारी दर्ता गर्नेको मनोनयन खारेज गर्न माग गर्दै उजुरी दर्ता

    इप्पानको विधान विपरित उम्मेदवारी दर्ता गर्नेको मनोनयन खारेज गर्न माग गर्दै उजुरी दर्ता

    1.3K
    Shares
    इप्पानको विधान विपरित उम्मेदवारी दर्ता गर्नेको मनोनयन खारेज गर्न माग गर्दै उजुरी दर्ता

    काठमाडौँ : आगामी बिहीबार हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा निर्वाचनमा संस्थाको बिधान बिपरित धमाधम उम्मेद्वारी दिएपछि खैलाबैला मच्चिएको छ।

    आफुलाई नेपालकै धेरै लगानी गर्ने संस्थाको रुपमा दाबी गर्ने इप्पानमा प्रतिष्ठित ब्याक्तिहरुले नै संस्थाको बिधान र निर्वाचन निर्देशिका बिपरित उपाध्यक्ष, महासचिव र सचिव पदमा उमेद्वारी दर्ता गरेपछि खारेजीको माग गर्दै उजुरी परेपछि स्थिति तनाबग्रस्त भएको हो ।

    संस्थाको विधानले पदाधिकारी हुन् कार्यसमिति सदस्य भै कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। तर सो विधान बिपरित एक कार्यकाल पनि काम नगरेकाहरुले पदाधिकारीमा मनोनयन दर्ता गरेका छन्।

    यसरी बिधान बिपरित उम्मेदवारी दर्ता गरेका वरिष्ठ उपाध्यक्ष सुर्य अधिकारी, उपाध्यक्षद्धय वीरेन्द्र मल्ल र दीपेन्द्र बम, महासचिव विनोद देवकोटा र सचिवका नारायण कँडेलको रद्ध गर्न माग गर्दै उजुरी परेको छ ।

    त्यस्तै अध्यक्षकै उम्मेदवार किरण मल्लकै उम्मेदवारीमा समेत प्रश्न उठेको छ।  नयाँ निर्वाचन कार्यविधि र विनियमावलीले वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुनको लागि कार्यकारिणी सदस्य  नै हुन पर्ने समेत व्यवस्था गरेको छ। तर उनी अहिले कार्यकारिणी सदस्य छैनन्।

    यसरी बिभिन्न ब्याक्तिले निर्वाचन कार्यविधि  र संस्थाको विधानलाई उल्लघन गर्दै दर्ता गरेको मनोनयन खारेज गर्ने दाबी इप्पान एक सदस्यले गरे । हामीले नै निर्माण गरेको बिधान बिपरित उम्मेद्वारी दिनु भएको छ त्यो कुनै हालतमा सदर हुन् दिन्नौ उनले भने।

    प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले भने निर्वाचनको सम्बन्धमा विभिन्न उजुरी परेको र उजुरीमा गरिएको मागअनुसार विधान अनुसार भए नभएको अध्ययन गरेर कारबाही गरिने बताए ।

    इप्पानको नयाँ कार्य समितिको लागि यही जेठ ३२ गते निर्वाचन हुँदैछ । हायात होटलमा हुने इपानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । उद्घाटनपछि निर्वाचन गर्ने कार्यतालिका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend