logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

    आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

    3K
    Shares
    आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

    एजेन्सी । कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।

    कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् ।

    आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।

    आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो। जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पनि घटनास्थल पुगेर अग्निसमनमा समन्वय गरेका थिए । उनीहरुले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend