logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

    बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

    2.9K
    Shares
    बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएकोबारे काठमाडौं महानगर प्रमुख बालेन शाहसँग स्पष्टीकरण सोधेको छ ।

    प्राधिकरणले काठमाडौं–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माणमा रोक लागेको थियो। प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार महानगरले हटाएको थियो ।

    निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी समेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको प्राधिकरणले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

    प्राधिकरणले तार काटेर फेन्सिङ लैजाने कार्यमा मेयर बालेन पनि प्रत्यक्ष संलग्नता देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजायक किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण मागेको हो । सोअनुसार कारवाही भएमा बालेनलाई पचास हजारसम्म जरिवना हुनसक्छ ।

    प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयबमोजिम स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन गरिएको छ। लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख गरिएको छ ।

    प्राधिकरणले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीसँग पनि स्पष्टीकरण माग गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend