logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालयमा निर्वाध पठनपाठन सुचारु

    बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालयमा निर्वाध पठनपाठन सुचारु

    3.7K
    Shares
    बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालयमा निर्वाध पठनपाठन सुचारु

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय सुचारु भएका छन् ।

    सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग गर्दै सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि विद्यालय बन्द आह्वान गरेका छन् । तर, काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालय भने निर्वाधरूपमा सुचारु भएका छन् ।

    नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । लगत्तै काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन अवरुद्ध गरिए शिक्षक तथा कर्मचारीलाई पदबाट निष्काशन गर्ने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।

    मेयर शाहको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला भएका हुन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले निर्वाध रूपमा पठनपाठन भइरहेको बताए ।

    विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको र विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध सिर्जना गर्न नहुने भन्दै पठनपाठनमा कुनै अवरोध नभएको बताए ।

    काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी हिरासतमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गर्ने बताएको थियो ।

    इटहरी उपमहानगरपालिका, आरुघाट गाउँपालिका, घोराही उपमहानगरपालिका लगायतका स्थानीय तहले समेत विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend