logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको एकल इजलासमा

    बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको एकल इजलासमा

    3.9K
    Shares
    बालेनविरुद्ध सिनेमा हल व्यवसायीद्धारा दायर रिट न्यायाधीश चन्दको एकल इजलासमा

    काठमाडौं । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध दायर रिटमाथिको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी तोकिएको छ ।

    सिनेमा हल व्यवसायीहरू प्रितम घिमिरेलगायतले हिजो उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए । केन्द्रीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर लगाएर चलाउन अनुमति दिएकोमा स्थानीय सरकारले रोक लगाउन नमिल्ने सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् ।

    सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न समेत उठाएका छन् । ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भनि राखिएको संवादप्रत्ति आपत्ति जनाउँदै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए ।

    यद्यपि, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले महानगरभित्रका हलमा सोमबारदेखि ‘आदिपुरुष’ सहित कुनै पनि हिन्दी सिनेमा चलाउन नदिने निर्णय लिएका थिए ।

    हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने बालेन र काठमाडौं महानगरलाई विपक्षी बनाई उनीहरुले हिजो रिट दायर गरेका हुन् ।

    काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले बालेनको यही निर्णयप्रति असन्तुष्टि जनाउँदै हिजोमात्रै पदबाट राजीनामा दिएकी थिइन् ।

    ,‘दुर्भाग्यपूर्णरुपमा,केही ताजा कदम,निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’ राजीनामामा रेशुले लेखेकी थिइन् । रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

    आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी विरुद्धमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । ढुंगाना लगायतको टिम बालेनविरुद्ध अदालत जाने तयारीमा जुटेपछि रेशुले राजीनामा दिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend