logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरणविरुद्ध महानगर प्रमुख बालेन गए उच्च अदालत

    उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरणविरुद्ध महानगर प्रमुख बालेन गए उच्च अदालत

    3.1K
    Shares
    उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरणविरुद्ध महानगर प्रमुख बालेन गए उच्च अदालत

    काठमाडौं । महानगरपालिका प्रमुख बालेन शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको तार काटेको विषयमा नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत गएका छन् ।

    काठमाडौं महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान विपरीत नभएकाले बदरको माग गर्दै अदालत गएको बताए ।

    काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले जेठ ३२ गते काम रोक लगाउँदै नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।

    त्यसपछि प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन कारबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण पत्र पठाएको थियो ।

    स्पष्टीकरण पुगेको सातौं दिन उच्च अदालत, पाटनमा वारेसमार्फत दायर गरिएको रिटमा संविधान विपरीत र महानगरको संस्थागत काममा प्रत्यक्ष प्रतिकूलप्रभाव पुग्ने दाबी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend