logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • संशोधनबिनै आज बजेट पारित गर्ने सरकारको तयारी

    संशोधनबिनै आज बजेट पारित गर्ने सरकारको तयारी

    1.3K
    Shares
    संशोधनबिनै आज बजेट पारित गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले संशोधन नगरी बजेट पास गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले जानकारी दिएको छ ।

    गत जेठ १५ मा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट पेश गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै संशोधन गर्नुपर्ने माग अघि सार्दै आएका थिए तर अहिले बजेट संशोधन गर्न सम्भव नरहेको भन्दै संशोधन बिनै हुवहु पारित गर्न लागिएको हो ।

    सत्ता साझेदार दल एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै बजेट संशोधन नगरिए पारित गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका थिए । यद्यपि, सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा रहेको जानकारी दिए । समाजवादीका अर्का नेता मेटमणि चौधरीले पनि बजेटको पक्षमा मतदान गर्ने बताए ।

    यसअघि कांग्रेस र माओवादीले बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend