logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • अन्ततः भारतीय चलचित्र आदिपुरुषका लेखकले मागे माफी

    अन्ततः भारतीय चलचित्र आदिपुरुषका लेखकले मागे माफी

    18.9K
    Shares
    अन्ततः भारतीय चलचित्र आदिपुरुषका लेखकले मागे माफी

    काठमाडौं । विवादास्पद भारतीय चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।

    ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा चत्रण गरेको भन्दै व्यापक आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

    उनले जन भावनालाई स्वीकार गर्ने पनि बताएका छन्। सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए । उनले आफू घाइते भएको भन्दै लेखेका छन्– ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।’

    सिनेमाको चौतर्फी आलोचना हुँदा बक्सअफिसमा कलेक्सन पनि घटेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend