logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • चापाकोट नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर बितरण, स्थानीय कृषक हर्षित

    चापाकोट नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर बितरण, स्थानीय कृषक हर्षित

    5.6K
    Shares
    चापाकोट नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर बितरण, स्थानीय कृषक हर्षित

    –सुनिल न्यौपाने, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ११ वटा हाते ट्याक्टर बितरण गरेको हो ।

    श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।नगरपालिकाले संगम कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड मार्फत निवेदन दिनु भएका सम्पूर्ण कृषकलाई ७ एच।पिको हाते ट्याक्टर बितरण गरेको हो।

    चापाकोट नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन नगरपालिकाको सहयोगमा आर्थिक बर्ष २०७९/८० को संघिय शसर्त तरकारी पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको नगर प्रमुख देव बहादुर खाणले बताए । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।

    चापाकोट नगरपालिकाका नगर प्रमुख खाणले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । यस आर्थिक वर्षमा कृषि कार्यक्रम अन्तरगत हाते ट्रयाक्टर कृषक समुह तथा सहकारीले ५० प्रतिशत अनुदानमा बितरण गर्न थालिएको हो ।

    परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend