logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • देशभर हालसम्म ६५ प्रतिशत मात्रै धान रोपाइँँ, पशुमा देखिएकाे लम्पी स्किनको असर राेपाइँमा

    देशभर हालसम्म ६५ प्रतिशत मात्रै धान रोपाइँँ, पशुमा देखिएकाे लम्पी स्किनको असर राेपाइँमा

    2.5K
    Shares
    देशभर हालसम्म ६५ प्रतिशत मात्रै धान रोपाइँँ, पशुमा देखिएकाे लम्पी स्किनको असर राेपाइँमा

    काठमाडौं । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

    प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

    गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

    मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend