logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं-१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना

    काठमाडौं-१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना

    1.5K
    Shares
    काठमाडौं-१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना

    काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ ।

    शनिवार काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो ।

    स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि शहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयमा पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो ।

    वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताए ।

    उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताए । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताए ।

    उनले अब काठमाडौं शहर संरुक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend