logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदनमा चलायो डोजर

    काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदनमा चलायो डोजर

    3.8K
    Shares
    काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदनमा चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवनमा डोजर चलाएको छ।

    सार्वजनिक जग्गा कब्जा गरेर ‘भद्रकुमारी घले सेवा सदन’ सञ्चालन गरेको भन्दै उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

    नगर प्रहरीले तीन दिनअघि नै भवन खाली गर्न निर्देशन दिइएको तर समय बितिसक्दा पनि खाली नगराएपछि डोजर चलाइएको उनको भनाई छ ।

    ‘अहिले सार्वजनिक जगामा भएको संरचना हटाउने काम भइरहेको छ,’ उनले भने । उक्त भवनमा २०६२ सालदेखि आश्रम सञ्चालन गरिरहेको छ। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरु आश्रय लिँदै आइरहेका थिए ।

    अब त्यहाँ रहेका सबैलाई मानव सेवा आश्रममा लगिने महानगरपालिकाले बताएको छ । यस्तै, त्यहाँको विद्यालय व्यवस्थापन महानगरको शिक्षा विभागले गर्ने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend