logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • घर-घरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग

    घर-घरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग

    2.6K
    Shares
    घर-घरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग

    सनत हमाल, मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका बिभिन्न बस्तिका घर–घरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग भएका छन् ।

    नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घर–घरमा पुर्‍याउने लक्ष्य लिएको छ । त्यसै अनुरूप छायानाथ रारा नगरपालिकाले घर घरमा सुरक्षित स्वच्छ खानेपानी पु¥याउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिरहेको छ ।

    छायानाथ रारा नगरपालिका, यु.यस.आई.डी कर्णालीजल परियोजनाको आर्थिक सहयोग र हिमाली ग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेककोप्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिका भित्रका ६ वटा गाउँ बस्तीमा एक घर एक धारानिर्माण गरिएको छ नगरपालिका भित्र का वडा नं ४ का कालपाल्तमा २७ घर, खामगोईटेमा २२ घरछायानाथ रारा नगरपालिका १० जिउलामा २९, गाडापालिमा ५१ घर तल्लेखमा ७० घर र छायानाथरारा नगरपालिका-९ मुर्मामा ७३ घर गरी २ सय ७२ घरमा धारा निर्माण भएका छन् ।

    सधैँ पानी लिन घरबाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएको सोही गाउकी रूप सिंह कामीले बताईन । कामीले विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो । उनले अहिले घर–घरमा धारा आएपछि पानी बोक्दाको पीडा हटेको बताइन ।

    पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोला,कुवाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग भएका छन् । घर–घरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको छ । त्यो सँगै खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छायानाथ रारा नगरपालिका ४ का धन केशर भामले बताए ।

    प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्तसमुदाय निर्माण घोषण गर्ने तयारी समेत भइरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशकमीनबहादुर रावलले जानकारी दिए ।

    उनका अनुसार खानेपानीको सहज पहुँच र आयआर्जनमावृद्धिको लागी स्थानीय सरकारको कार्यक्रममा यु।यस।आई डी. कर्णाली जल परियोजना हिमालीग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेकको मुगुले सहयोग गरेको हो ।

    सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने सङ्कल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन छायानाथ रारा नगरपालिकाले विभिन्न सङ्घसंस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको छायानाथ रारानगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए ।

    उनका अनुसार छायानाथ रारा नगरपालिका भित्र सुरक्षित खानेपानीको सहज पहुँचका लागि योवर्ष ६ बस्तीमा आयोजना सञ्चालन भएका छन् ।

    बाँकी आगामी बर्षपनी खानेपानीको सहज पहुँचनभएका बस्ती छनोट गरेर त्यसै अनुसार सहयोगी संस्थाको समन्वयमा नागरिक लाई सुरक्षितखानेपानीको सहज पहुँच पुर्‍याउने अभियानका साथ एक घर एक धारा निर्माण अभियानलाईनिरन्तरता दिइने नगर प्रमुख भामको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend