logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • केन्द्रीय समिति बैठकमा गगन थापाले भने– पछिल्लो समय नागरिकमा निराशा एकदम डरलाग्दो छ

    केन्द्रीय समिति बैठकमा गगन थापाले भने– पछिल्लो समय नागरिकमा निराशा एकदम डरलाग्दो छ

    1.4K
    Shares
    केन्द्रीय समिति बैठकमा गगन थापाले भने– पछिल्लो समय नागरिकमा निराशा एकदम डरलाग्दो छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नागरिकहरुसँग भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको धारणा राखेका छन् ।

    जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले नागरिकमा निराशाको क्रम बढ्दै गएको बताए ।

    ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ, गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’ थापाले बैठकमा भने ।

    भोलि राम्रो हुनेमा विश्वास नागरिकमा नभएको उनको भनाई छ । ‘यो निराशा एकदम डरलाग्दो छ । निराशाको व्यापार एकदम राम्रो छ । त्यस्तो व्यापार गर्नेहरु हाम्रो वरिपरि जताततै छन्,’ उनले भने ।

    महामन्त्रीका रुपमा प्रस्तुत गरिएको प्रतिवेदनमा कतिपयले लान्छना लगाएको बताउँदै उनले त्यसलाई वेवास्ता गर्ने सोच बनाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend