logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • गगन थापाले तिरे निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना

    गगन थापाले तिरे निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना

    1.9K
    Shares
    गगन थापाले तिरे निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना

    काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना रकम बुझाएका छन् ।

    थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी दिँदै उनले निर्वाचन खर्च सार्वजनिक समेत गरेको जानकारी गराएका छन् ।

    थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको उल्लेख गरेका छन् ।

    ‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’, थापाले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

    थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको समेत उल्लेख गरेका छन् । निर्वाचन आयोगले गत मंसिरको चुनावको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने १ हजार भन्दा बढी प्रतिनिधिसभाका उम्मेदवारलाई जरिवाना तोक्ने निर्णय गरेको थियो ।

    सो निर्णयको केही नेता तथा सांसदले आलोचनात्क टिप्पणी समेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend